२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सुकुम्वासी संघद्वारा चरणबद्ध आन्दोलन घोषणा, देशव्यापी आमहड्तालसम्म पुग्ने चेतावनी

Nada
२०८३ वैशाख १७ गते १६:५६
Shares
सुकुम्वासी संघद्वारा चरणबद्ध आन्दोलन घोषणा, देशव्यापी आमहड्तालसम्म पुग्ने चेतावनी

काठमाडौँ : अखिल नेपाल सुकुम्वासी संघले वैकल्पिक व्यवस्था बिना सुकुम्वासी तथा भूमिहीन बस्तीमा भइरहेको उठिबास कार्य तत्काल रोक्न माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

ncell

संघले सरकार तथा सम्बन्धित निकायहरूले प्रतिबद्धता पूरा नगरे देशव्यापी आमहड्तालसम्म जाने चेतावनी दिएको हो ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले विभिन्न स्थानका बस्तीहरूमा राज्य संयन्त्र प्रयोग गरी डोजर चलाइँदै नागरिकलाई विस्थापित गरिएको आरोप लगाएको छ ।

वैकल्पिक पुन:स्थापना सुनिश्चित नगरी गरिएको यस्तो कदमले प्रभावित समुदायमा असुरक्षा र तनाव बढाएको संघको भनाइ छ ।

आन्दोलनको पहिलो चरणमा भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीसँग गरिएका पूर्वप्रतिबद्धता कार्यान्वयन गर्न दबाब दिने र तत्काल विस्थापन रोक्न सम्बन्धित पक्षसँग आग्रह गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

दोस्रो चरणअन्तर्गत मेचीदेखि महाकालीसम्म राजमार्ग अवरुद्ध गर्ने तथा सरकारप्रति असन्तुष्टि जनाउँदै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ । सो अभियानमार्फत वर्तमान नेतृत्वलाई फिर्ता बोलाउन दबाब सिर्जना गरिने संघको भनाइ छ ।

संघका अध्यक्ष अमर परियारले वैकल्पिक व्यवस्थाबिना नागरिकलाई स्थानान्तरण गर्ने कार्य अस्वीकार्य भएको भन्दै आन्दोलनको बाटो रोज्न बाध्य भएको बताए । उनका अनुसार प्रारम्भिक चरणमा संवाद र आग्रहमार्फत समस्या समाधानको प्रयास गरिनेछ ।

उनले माग सुनुवाइ नभएमा चरणबद्ध आन्दोलन विस्तार गर्दै सुकुम्वासी बस्ती तथा मुख्य राजमार्ग केन्द्रित संघर्षसहित देशव्यापी अनिश्चित कालीन आमहड्तालसम्म पुग्ने चेतावनी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर