२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

जेनजी आन्दोलनका शहीदको स्मृतिमा नेपालगन्जमा सालिकसहित पार्क निर्माण

Nada
२०८३ वैशाख १८ गते १२:१९
Shares
जेनजी आन्दोलनका शहीदको स्मृतिमा नेपालगन्जमा सालिकसहित पार्क निर्माण

नेपालगन्ज : जेनजी आन्दोलनका शहीद नेपालगन्ज–१ धम्बोझीका १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभ श्रेष्ठको स्मृतिमा वडा कार्यालयले सालिकसहितको पार्क, खुला जिम, याेगाहल निर्माण गरेको छ ।

ncell

शुक्रबार आयोजित एक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट तथा शहीदका परिवारजनले संयुक्त रूपमा सालिकसहित निर्माण गरिएका पूर्वाधारको अनावरण गरेका हुन् । पार्क परिसरमा खुला जिम र योग हलसमेत निर्माण गरिएको छ ।

वडा अध्यक्ष प्रमोद रिजालका अनुसार शहीदहरूको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो । “उहाँहरूको सम्झना सदैव रहिरहोस् भन्ने उद्देश्यले पार्कसहित विभिन्न पूर्वाधार निर्माण गरेका हौं,” उनले भने।

उनका अनुसार शहीदकै स्मृतिमा आगामी दिनमा ब्याडमिन्टनलगायत विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना गरिनेछ ।

उक्त वडामा एउटै टोलका थापा र श्रेष्ठ गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा शहीद भएका थिए । वडा अध्यक्ष रिजाल सोही वडाबाट दुई कार्यकालदेखि निर्वाचित हुँदै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर