२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने बजेट आउनुपर्छः पूर्वअर्थमन्त्री खनाल

Nada
२०८३ वैशाख १८ गते १२:२३
Shares
आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने बजेट आउनुपर्छः पूर्वअर्थमन्त्री खनाल

काठमाडौंः पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आगामी बजेटका सन्दर्भमा गरेको छलफलमा उनले उत्पादनशील क्षमता बढाउने र व्यावसायिक लागत घटाउने दिशामा केन्द्रित गरी सरकारले आगामी बजेट ल्याउनुपर्ने बताए । 

ncell

खनालकाअनुसार आगामी बजेटमा सरकारले कर प्रणालीमा व्यापक सुधार गर्नुपर्छ । आन्तरिक उत्पादनलाई विदेशी वस्तुसँग प्रतिस्पर्धात्मक बनाउन अप्रत्यक्ष कर, विशेषगरी अन्तःशुल्क र भन्सार दरहरूमा पुनरावलोकन गर्न आवश्यक रहेको उनले बताए । त्यस्ता  दर घटाउँदा राजस्व संकलनमा तत्काल सकारात्मक प्रभाव देखिनसक्ने उनको भनाइ छ । हाल वैदेशिक व्यापारमा अपचलन र कर छली कायमै रहेकाले यसलाई नियन्त्रण गर्न सरकारले कतिपय वस्तुमा भन्सार दर हेरफेर गर्नुको अर्को विकल्प नरहेको उनको भनाइ छ । 

बजारमा अन्तःशुल्क स्टिकर नलगाएका र कर नतिरेका सामानहरू भेटिनुले बजारमा ठुलो विचलन रहेको संकेत गर्दै पूर्वअर्थमन्त्री खनालले यस्ता विचलनले राजस्वमा असर पारिरहेको बताए । खनालले यसलाई नियन्त्रण गर्न सके राजस्वमा नकारात्मक असर नपर्ने र व्यवसायीहरूलाई पनि राहत पुग्ने बताए । तर केवल आयात घटाउने र आन्तरिक उत्पादन बढाउने नाममा अव्यवहारिक ढंगले भन्सार दर बढाउनु अर्थतन्त्रका लागि घातक हुने उनले चेतावनी दिए । 

ताजा खबर

सम्बन्धित खबर