२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सुकुम्वासी बस्ती छेउका घरधनीले टाँसे लालपुर्जाको प्रतिलिपि

Nada
२०८३ वैशाख १८ गते १६:१३
Shares
सुकुम्वासी बस्ती छेउका घरधनीले टाँसे लालपुर्जाको प्रतिलिपि

काठमाडौँ : राजधानीका विभिन्न स्थानमा अव्यवस्थित तथा सुकुम्वासी बस्ती व्यवस्थापन तथा हटाउने सरकारी अभियान तीव्र रूपमा अघि बढिरहेको छ ।

ncell

यसैक्रममा दोस्रो चरणअन्तर्गत शुक्रबार बल्खु, माछापोखरी र शंखमुल क्षेत्रसहितका स्थानमा डोजर परिचालन गरी अनधिकृत संरचना भत्काउने कार्य भइरहेको छ ।

सोही अभियानका बीच शंखमुल आसपासका नम्बरी जग्गामा घर निर्माण गरेका केही जग्गाधनीहरूले आफ्नो स्वामित्व प्रमाणित गर्न घरका भित्तामा देखिने गरी लालपुर्जाको प्रतिलिपि टाँसेको देखिएको छ ।

सम्भावित अतिक्रमण वा अनिश्चितताबाट जोगिन भन्दै उनीहरूले यस्तो अभ्यास गरेको स्थानीय स्तरमा उल्लेख गरिएको छ ।

सरकारी निकायहरूले अव्यवस्थित बसोबास व्यवस्थापनलाई कानुनी प्रक्रिया र स्वामित्वको स्पष्टताका आधारमा अघि बढाइरहेको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर