२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

जेनजी मुभमेन्टले प्रधानमन्त्री बालेनलाई लगायो आत्महत्या दुरुत्साहनको आरोप

तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग

Nada
२०८३ वैशाख १८ गते १६:२६
Shares
जेनजी मुभमेन्टले प्रधानमन्त्री बालेनलाई लगायो आत्महत्या दुरुत्साहनको आरोप

काठमाडौं : जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)माथि आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै तत्काल छानबिन र कानुनी कारबाहीको माग गरेको छ ।

ncell

जेनजी मुभमेन्टले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्वासी बस्ती हटाउने क्रममा भएको डोजर कारबाहीपछि दुई जना स्थानीयले आत्महत्या गरेको दाबी गर्दै प्रधानमन्त्री बालेनमाथि आत्महत्या दुरुत्साहन आरोपमा तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राखेको हो ।

उक्त घटनालाई सामान्य दुर्घटना नभई राज्यस्तरबाट सिर्जित त्रासको परिणाम भएको जेनजी मुभमेन्टको आरोप छ ।

जेनजी मुभमेन्टले सुकुम्वासी बस्तीमा सञ्चालन गरिएको डोजर अभियानलाई अमानवीय, असंवैधानिक र जनविरोधी ठहर गरेको छ । डोजर अभियान तत्काल रोक्न, प्रभावित परिवारलाई सुरक्षित र सम्मानजनक वैकल्पिक आवास उपलब्ध गराउन तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

जेनजी मुभमेन्टले पुनर्वासको स्पष्ट व्यवस्था नगरी सुकुम्वासी बस्ती हटाउने कार्य नगर्न नीतिगत घोषणा गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

वक्तव्यमा डोजर अभियानलाई ‘गरिबमाथिको दमन’ भन्दै यस्तो कार्य अस्वीकार्य भएको जनाइएको छ । जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्यको बोधार्थ नेपाल प्रहरी, काठमाडौं जिल्ला परिसर र काठमाडौं जिल्ला अदालतलाई समेत दिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर