२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सिद्धेश्वर महादेव मन्दिरको चौधौँ वार्षिक साधारणसभा सम्पन्न

Nada
२०८३ वैशाख १९ गते १९:२२
Shares
सिद्धेश्वर महादेव मन्दिरको चौधौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं : काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१० स्थित श्री सिद्धेश्वर महादेव मन्दिरको चौधौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको छ । 

ncell

उद्धव भट्टराईको सभापतित्व, बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख आतिथ्यता र नगर प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईको विशेष आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंस्था, योग साधना समूह, विद्यालय तथा कलेजका प्रतिनिधि, सहयोगदाता, समाजसेवी, राजनीतिक दलका पदाधिकारी, आजीवन सदस्य, सल्लाहकार, बुद्धिजीवी, अग्रज, ज्येष्ठ नागरिक, युवा तथा टोलवासी भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त भेलामा निर्वाचन समितिका संयोजक लक्ष्मी प्रसाद संग्रौला तथा सदस्यहरू टीका ओली र टंक प्रसाद नराल सम्मिलित समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमिति पं. माधव प्रसाद पौडेलको अध्यक्षतामा १५ सदस्यीय गठन गरिएको छ । उपाध्यक्षमा निलम जोशी, कृष्ण कुमार पोख्रेल, महासचिवमा द्रोण प्रसाद अधिकारी, कोषाध्यक्षमा इन्दिरा थपलिया र सचिवमा कल्पना खरेल चयन भएका छन् । 

यस्तै सदस्यहरुमा बासुदेव सेढाई, बासु ढकाल, रामबहादुर थापा, जीवराम थापा, राजेन्द्र मगर, अन्जु तुलाधर, राधा ढुंगेल काफ्ले, रामबसु भट्टराई र सारदा दाहाल चायन भएका छन् । 

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नगर प्रमुख अधिकारीले मन्दिरमा बाँकी रहेका निर्माण कार्यहरू सम्पन्न गर्न तथा नयाँ क्रियापुत्री भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मन्दिर जस्तो पवित्र स्थलमा राजनीतिकरण नगरी निष्पक्ष र समर्पित भावनाका साथ काम गर्न नयॉ कार्यसमितिलाई सुझाव दिए ।

कार्यक्रममा वक्ताहरूले पुरानो कार्यसमितिले मन्दिरको संरक्षण, व्यवस्थापन तथा विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै, नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मन्दिरको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो ।

नवनिर्वाचित कार्यसमितिले पनि पारदर्शिता, उत्तरदायित्व र समन्वयका साथ कार्य गर्दै मन्दिरको धार्मिक तथा भौतिक विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको निर्वाचन समितिका सदस्य नरालले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर