२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

गण्डकी प्रदेश समन्वय परिषद् कतारद्वारा सचिव खड्काको बिदाइ

Nada
तिलु शर्मा पौडेल
२०८३ वैशाख १९ गते १९:४७
Shares
गण्डकी प्रदेश समन्वय परिषद् कतारद्वारा सचिव खड्काको बिदाइ

दोहा, कतार : गण्डकी प्रदेश समन्वय परिषद् कतारले एक विशेष समारोहका बीच परिषद्का सचिव शिव खड्कालाई संस्थागत बिदाइ गरेको छ । रोजगारीको सिलसिलामा कतारमा रहेका खड्का आफ्नो कतार बसाइलाई बिट मारेर स्वदेश फर्कन लागेकाले परिषद्ले शुक्रवार साँझ सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गर्दै बिदाइ गरेको हो ।

ncell

कार्यक्रममा परिषद्का तर्फबाट खड्काले पुर्‍याएको योगदानको कदर गर्दै 'मायाको चिनो' ढाका टोपी तथा 'सम्मान पत्र' प्रदान गरिएको थियो । परिषद्का अध्यक्ष अजय विकको सभाध्यक्षता तथा संस्थापक अध्यक्ष आशबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूले खड्काको व्यक्तित्व र कार्यक्षमताको चर्चा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले खड्का लामो समय कतारमा रहे पनि संस्थागत रूपमा परिषद्को कार्यसमितिमा थोरै समय मात्र बिताएका कारण, बाक्लो घुलमिल हुन नपाउँदै बिदा भएर जाँदा केही फरक लागेको बताउँदै बाँकी जीवन सुखमय र फलदायी रहोस् भन्ने कामना गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष विकले मोना कतारका तर्फबाट परिषद्को सचिवको जिम्मेवारी सम्हालेका खड्काको योगदानको प्रशंसा गरे । उनले खड्काको नेपाल फिर्ती पछिको समय सफल र सुखद रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । परिषद्का वरिष्ठ उपाध्यक्ष रोशन अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव अनिल क्षेत्रीले गरेका थिए । कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरूसहित  परिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर