२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

विद्यालय शिक्षाको गुणस्तर सुधार महानगरको मुख्य प्राथमिकता : कार्यवाहक प्रमुख डंगोल

Nada
२०८३ वैशाख २० गते १६:१८
Shares
विद्यालय शिक्षाको गुणस्तर सुधार महानगरको मुख्य प्राथमिकता : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय शिक्षाको गुणस्तर सुधार महानगरको मुख्य प्राथमिकता भएको बताएकी छन् ।

ncell

महानगरको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधार’ विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

महानगरले सार्वजनिक शिक्षाका लागि पूर्वाधार निर्माण र प्रविधिमा उल्लेख्य लगानी गरिहेको उल्लेख गर्दै उनले यसको प्रभावकारीतामा ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले शिक्षामा लगानी बढाउनु मात्र पर्याप्त नहुने भन्दै त्यसलाई शिक्षामा गुणस्तर ल्याउनेगरी काम गर्न सरोकारवालालाई आग्रह गरिन् । उनले महानगरभित्रका सबै विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेको उल्लेख गर्दै त्यसलाई आधुनिक शिक्षण विधिसँग जोड्न विद्यालयलाई आग्रह गरिन् ।

शिक्षकको क्षमता विकासका लागि महानगरले निरन्तर तालिमका कार्यक्रम समेत सञ्चालन गरिरहेको उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर