२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सुकुम्वासी दाबी गर्दै १८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

Nada
२०८३ वैशाख २० गते १८:४८
Shares
सुकुम्वासी दाबी गर्दै १८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

काठमाडौँ : बागमती नदी र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान अन्तर्गत सरकारको पछिल्लो प्रगति विवरण सार्वजनिक भएको छ । अभियानका क्रममा आफूलाई सुकुम्वासी दाबी गर्दै १८१६ परिवारका ७७८९ जना सरकारको सम्पर्कमा आएका छन् ।

ncell

सरकारका अनुसार सम्पर्कमा आएका व्यक्तिमध्ये ७९४ जनालाई व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ। अन्य व्यक्तिहरू भने दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा उपस्थित भई हालका लागि आफ्नै पहलमा वैकल्पिक आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन् ।

अभियान सञ्चालनसँगै अस्थायी व्यवस्थापनका लागि विभिन्न स्थानमा होल्डिङ सेन्टरहरू सञ्चालनमा ल्याइएको छ। कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क तथा माछापोखरी क्षेत्रका होटेलहरू, भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रलाई हाल होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएको सरकारले जनाएको छ ।

सरकारले नदी किनार अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिँदै प्रभावित व्यक्तिहरूको व्यवस्थापन, तथ्याङ्क सङ्कलन तथा आवश्यक समन्वय कार्यलाई समानान्तर रूपमा अघि बढाइरहेको जनाएको छ । 


 

ताजा खबर

सम्बन्धित खबर