२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु : रवि लामिछाने

Nada
२०८३ वैशाख २० गते १८:५७
Shares
अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्ने बताएका छन् ।

ncell

आइतबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यादेश फिर्ताको कारणबारे आफू हाल अध्ययन र बुझाइको प्रक्रियामा रहेको उल्लेख गरे ।

यसअघि आइतबारै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेश पुनर्विचारका लागि भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता पठाएका थिए ।

पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै लामिछानेले विषयवस्तुका सबै पक्ष बुझ्न बाँकी रहेको जनाउँदै विस्तृत जानकारी प्राप्त भएपछि मात्रै धारणा राख्ने बताए । उनका अनुसार सम्बन्धित निर्णयको पछाडि कुनै न कुनै आधार रहेको हुन सक्ने भएकाले पहिले त्यसको अध्ययन आवश्यक छ ।

उनले अध्यादेशमा बहुमतसम्बन्धी व्यवस्था व्याख्यात्मक रूपमा समावेश गरिएको उल्लेख भए पनि अन्य प्रावधानबारे स्पष्ट जानकारी लिएपछि मात्रै प्रतिक्रिया दिने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर