२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

लिपुलेकबारे बोल्यो बालेन सरकार

Nada
२०८३ वैशाख २० गते २०:४७
Shares
लिपुलेकबारे बोल्यो बालेन सरकार

काठमाडौं : नेपाली भूभाग लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राप्रति नेपाल सरकारले औपचारिक आपत्ति जनाएको छ।

ncell

आइतबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त विषयमा सञ्चारमाध्यम तथा सरोकारवालाबाट उठेका प्रश्नप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै नेपालको स्पष्ट धारणा पुनः भारत र चीनसमक्ष प्रस्तुत गरिएको उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्व पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको विषयमा सरकार स्पष्ट र अडिग रहेको छ । यही आधारमा उक्त क्षेत्र हुँदै सञ्चालन गर्न लागिएको भनिएको तीर्थयात्राप्रति नेपालले आफ्नो असहमति कूटनीतिक माध्यमबाट व्यक्त गरेको हो ।

यसअघि पनि नेपालले भारत सरकारलाई सो क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापार तथा तीर्थयात्रा लगायतका गतिविधि नगर्न आग्रह गर्दै आएको मन्त्रालयले जनाएको छ । साथै, लिपुलेक क्षेत्र नेपालको भूभाग भएको विषय चीन सरकारलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले ऐतिहासिक सन्धि, प्रमाण, नक्सा र तथ्यका आधारमा नेपाल–भारत सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू सधैं प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।

ताजा खबर

सम्बन्धित खबर