२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

संसदीय समितिले काठमाडौं उपत्यकाको सुकुम्वासी बस्तीको अवलोकन गर्ने

Nada
२०८३ वैशाख २१ गते १५:२३
Shares
संसदीय समितिले काठमाडौं उपत्यकाको सुकुम्वासी बस्तीको अवलोकन गर्ने

काठमाडौं : संसदीय समितिले पनि काठमाडौं उपत्यकाभित्रको सुकुम्वासी बस्तीको अवलोकन गर्ने भएको छ । 

ncell

सोमबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिको बैठकले सरकारले हालै हटाएको सुकम्वासी बस्तीका नागरिकहरुको पीडाको सुनुवाइ गर्न एक हप्ताभित्र काठमाडौं उपत्यकाभित्रको सो ठाउँमा अनुगमनमा जाने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाभित्रका सुकुम्वासी बस्तीको अवस्थाबारे अध्ययन गर्न यही हप्ताभित्र अनुगमनमा जाने निर्णय गरिएको समितिका सभापति समिक्षा बास्कोटाले जानकारी दिइन् । त्यस अवसरमा उनले संसदको बैठकलाई प्रभावकारी बनाउनेगरी सहकार्य गरेर अघि बढन पनि समितिका सदस्यहरुलाई आग्रह गरिन् ।

बैठकमा सभापति बास्कोटाले समितिलाई प्रभावकारी बनाउनका लागि आवश्यकताअनुसार उपसमिति बनाएर अघि बढने समेत बताइन् ।

ताजा खबर

सम्बन्धित खबर