२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

हिरासत र कारागारमा हुने मृत्युका घटनामा अनुसन्धान गर्न सांसद विश्वकर्माको माग

Nada
२०८३ वैशाख २१ गते १६:५१
Shares
हिरासत र कारागारमा हुने मृत्युका घटनामा अनुसन्धान गर्न सांसद विश्वकर्माको माग

काठमाडौँः नेपाली कांग्रेसकी सांसद मनमाया विश्वकर्माले हिरासत तथा कारागारहरूमा हुने मृत्युका घटनालाई ‘उच्च जोखिम’मा राखेर अनुसन्धान गर्न माग गरेकी छन् । 

ncell

सोमवार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद विश्वकर्माले मानव अधिकारको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेकी हुन्। उनले मानव अधिकारको कार्यान्वयनमा देखिएका कमजोरीहरूले यसको उपहास गरिरहेको भन्दै नागरिकले कहिले अधिकारको पूर्ण अनुभूति गर्न पाउँछन् भन्ने प्रश्न उठाइन् ।

सांसद विश्वकर्माले कारागार र बाल सुधार गृहहरूको अवस्थालाई सरकारले आफ्नो मुख्य कार्यदिशा र नीतिमा समावेश गर्नुपर्नेमा जोड दिइन् । हिरासत र जेलमा हुने मृत्युका घटनाहरूमा दलित, सीमान्तकृत र पछाडि पारिएका वर्गको सङ्ख्या बढी देखिएको भन्दै उनले यस्ता मुद्दाहरूमा गम्भीर र उच्चस्तरीय अनुसन्धानको खाँचो औंल्याइन् । पछाडि पारिएका समुदायलाई न्यायको पहुँचमा पुर्‍याउन समितिले सरकारलाई आवश्यक दबाब दिनुपर्ने उनको भनाइ छ ।  

ताजा खबर

सम्बन्धित खबर