२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

फोटोपत्रकार वन्त ‘वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन’द्वारा सम्मानित

Nada
२०८३ वैशाख २१ गते १७:३७
Shares
फोटोपत्रकार वन्त ‘वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन’द्वारा सम्मानित

काठमाडौं : अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनले नेपालका वरिष्ठ फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गर्दै सम्मानित गरेको छ ।

ncell

सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो । सन् २०२६ अप्रिल ३० मा काठमाडौंमा आयोजित २०औँ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहका अवसरमा वन्तलाई सम्मान गरिएको थियो ।

दुई दशकभन्दा बढी समयदेखि फोटो पत्रकारितामा सक्रिय वन्त हाल राष्ट्रिय समाचार समिति (रासस) मा वरिष्ठ फोटोपत्रकारका रूपमा कार्यरत छन् । साथै, उनी राष्ट्रिय फोटोपत्रकार समूह नेपालको केन्द्रीय अध्यक्षसमेत हुन् । उनले क्यामेरामार्फत नेपाली समाजका विविध पाटा उजागर गर्दै आएका छन् ।

फोटो पत्रकारिताको विकासका लागि उनले विभिन्न प्रदेश र जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै नयाँ पुस्ताका पत्रकार र फोटोग्राफर उत्पादनमा योगदान दिँदै आएका छन् । यसअघि उनले पुषपकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको सचिवालयमा फोटोपत्रकारका रूपमा काम गरेका थिए भने निर्वाचन आयोगमा आधिकारिक फोटोग्राफरका रूपमा पनि सेवा दिएका छन् ।

वन्तले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘बेस्ट फोटो जर्नालिस्ट अफ द इयर २०१६’ सम्मान प्रदान गरिएको थियो । साथै, बंगलादेशको ढाकामा अन्तर्राष्ट्रिय फोटो पत्रकारिता संस्थाबाट समेत सम्मानित भएका छन् ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसाल, तुलसी घिमिरे, मनीषा कोइरालालगायत रहेका छन् ।

आयोजकका अनुसार कार्यक्रममा कला, साहित्य, स्वास्थ्य, पर्यटन, उद्यमशीलता लगायत विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई अवार्ड प्रदान गरिएको थियो । यस्तो कार्यक्रमले अन्तर्राष्ट्रियस्तरमा सहकार्य र अनुभव आदान–प्रदानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

No description available.

ताजा खबर

सम्बन्धित खबर