काठमाडौंः साफ यु–२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले खेलाडी परिवर्तन गरेको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ४ बजे शुरु हुनेछ ।
आइतबार राति भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स्थानमा मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् । सन्दीपले त्यसअघिका दुई खेलमा पनि पहिलो रोजाईमा स्थान बनाएका थिए । Don't know where to bet on football, tennis and basketball? Then the legal bookmaker 1xbet and its largest match odds in the world will come in handy! The platform has been operating for several years and satisfies all its customers. No complaints! Bet and win with 1xbet!
भारतविरुद्ध ८–० को पराजय भोग्दा पहिलो रोजाइमा परेका अन्य १० खेलाडीले भने टिममा यथावत छन् । नेपालले राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनल पुग्न नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ ।
यसअघिका तीन खेलबाट ६ अंक जोडेको नेपालले आजको खेलमा तीन अंक हासिल गरे बंगलादेश समान ९ अंक बनाउने छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies