२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे कांग्रेसको असन्तुष्टि, विधिसम्मत अनुसन्धानको माग

Nada
२०८३ वैशाख २२ गते १२:१८
Shares
मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे कांग्रेसको असन्तुष्टि, विधिसम्मत अनुसन्धानको माग

काठमाडौँ : नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग सम्बन्धित छानबिन प्रक्रियाबारे आपत्ति जनाएको छ ।

ncell

दलको बैठकले अनुसन्धान निकायले अपनाएको कार्यशैलीप्रति असहमति व्यक्त गर्दै प्रक्रिया पारदर्शी र कानुनी दायराभित्र हुनुपर्ने आवश्यकता औँल्याएको हो । 

मुख्यमन्त्री बानियाँकै अध्यक्षतामा सम्पन्न बैठकले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धान अघि बढाउँदा आवश्यक सूचना नदिई अचानक छापा मारिएको शैली अपनाइएकोप्रति चिन्ता व्यक्त गरेको जनाएको छ । उक्त निर्णयमा अनुसन्धानका क्रममा संवैधानिक विधि र स्थापित कानुनी प्रक्रिया पालना हुनुपर्नेमा जोड दिइएको छ ।

बैठकपछि सार्वजनिक धारणा अनुसार, दलले मुख्यमन्त्रीमाथि लगाइएका आरोपहरूलाई निष्पक्ष, तथ्यमा आधारित र न्यायोचित तरिकाले परीक्षण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। यस क्रममा अनुसन्धान पारदर्शी र विश्वसनीय हुनुपर्नेमा जोड दिइएको छ ।

यसैबीच, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि योजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको सुझाव र भौगोलिक सन्तुलनलाई प्राथमिक आधार बनाउने निर्णय गरेको पनि जानकारी दिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर