२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने : प्रदीप पौडेल

Nada
२०८३ वैशाख २२ गते १४:११
Shares
एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने : प्रदीप पौडेल

काठमाडौँ : नेपाली कांग्रेसले क्रियाशील सदस्यताको अभिलेख व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत सुदृढ बनाउने अभियान अघि बढाएको छ ।

ncell

पार्टीका महामन्त्री प्रदीप पौडेलले विधान अनुसार सदस्यता अद्यावधिक प्रक्रिया डिजिटल माध्यमबाट सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन् ।

उनका अनुसार वडास्तरमै एक पटक सदस्यता अद्यावधिक गरेपछि त्यसलाई पटक-पटक नवीकरण गरिरहनु नपर्ने व्यवस्था गरिएको छ । डिजिटल प्रणालीमार्फत अद्यावधिक भएपछि सदस्यहरूले छुट्टै ‘काँग्रेस आइडी’ प्राप्त गर्नेछन् ।

महामन्त्री पौडेलले यस प्रक्रियाले सदस्यहरूको योगदान र पार्टीसँग जोडिएको इतिहास सुरक्षित राख्न मद्दत गर्ने उल्लेख गरे । साथै पार्टी र सदस्यबीच सूचना आदान-प्रदानलाई सहज बनाउँदै संगठनात्मक व्यवस्थापनमा प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ ।

निर्वाचनमा सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न तथा पार्टीका उम्मेदवारलाई सशक्त समर्थन जुटाउन डिजिटल सदस्यता प्रणाली उपयोगी हुने उनको भनाइ छ । उनले पार्टीका सबै तहका संरचनालाई सदस्यता अद्यावधिक अभियानमा सक्रिय रूपमा संलग्न हुन आग्रह समेत गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर