
काठमाडौं : सरकारले संघीय संसद्को अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको हो ।