काठमाडौं : राजधानीमा ‘ओभरकोट’ नाटक मञ्चन भएको छ । पेप्सिकोलामा अवस्थित पाणिनी स्कुलका विद्यार्थीहरुले यो नाटक मञ्चन गरेका हुन् । निकोलाई गोग्गोलद्वारा लिखित ओभरकोटको कथालाई प्रविण खड्गीले नाटकमा रुपान्तरण गरेका हुन् । जसलाई प्रदीप खड्गीले निर्देशन गरेका छन् ।
यो नाटकमा एक गरिब मान्छेको कथा वरिपरी घुमाइएको थियो । नाटकमा गरिब मुलका अकाकी पात्रले कोट किन्न नसक्दाको अवस्था र किनेपछिको परिणामलाई देखाउन खोजिएको छ ।
यो नाटकमा आर्थिक कमजोर भएको अकाकीलाई कोट लगाउन मन पर्छ । तर, उसँग कोट किन्न कहिलै पैसा हुँदैन । पैसाको अभावकाबीच उसको कोट लगाउने इच्छा कहिलै मर्दैन । उनले बल्ल बल्ल एउटा कोटको कपडा किन्छ । तर, सिलाउनका लागि पैसा हुँदैन । पैसाको अभावै अभावमा गुज्रिएको अकाकीले कोट सिलाउनका लागि ट्रेलरमा दिन्छ ।
उनलाई ट्रेलरका मालिक पित्रुबिजले उसको लागि राम्रो कोट सिलाइदिन्छ । उसले कोट सिलाएको रात नै उसकोे कोट लुटिन्छ र अकाकीलाई पनि कुटिइन्छ । उसको कुटाई कै कारण प्राण जान्छ । यो नाटकले दर्शकलाई निकै भावुक बनाएको थियो । निर्देशक खड्गीले स्कुलका विद्यार्थीहरुलाई इच्छा चाहाना पुरा गर्नका लागि यो नाटकले मेहनत गर्ने सन्देश दिने बताए । उनले भने, ‘आफुले चाहेको कुरा पुरा गर्न समय लाग्छ, तर संघर्ष गर्नुपर्छ भन्ने सन्देश दिनेछ र बालबालिकामा परिवर्तन आउने छ भन्ने विश्वास लिएको छु ।’
यस नाटकमा सुशान्त बस्नेत, सम्राट खनाल, अशिष्मा भट्टराई, अपेक्षा कार्की, प्राप्ती शर्मा, उज्जल बस्नेत, सम्भव पराजुली, अभि दंगाल, इशानी खनाल, सम्मृद्धि गौमत, रिजन खड्का, आरोग्य अधिकारी, मायक ढुङ्गेलले अभिनय गरेका छन् ।
त्यसैगरी शनिबार नै यही समुहले अरुन्धत्ती रोयद्वारा लिखित ‘द गड अफ स्मल थिङ्स’ कथामा नाटक मञ्चन गरेका छन् । ‘ओभरकोट’ नाटक मञ्चन पछि यो नाटक देखाइएको थियो । यो नाटकमा मान्छेहरुबीच जात, धर्म र राजनीतिले कसरी विभेद गर्दछ भन्ने भाव प्रस्तुत गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies