२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन

Nada
२०८३ वैशाख २२ गते १७:२०
Shares
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौँ : जोखिमयुक्त सडक खण्डमा सवारी सञ्चालन नियन्त्रण गरी यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

ncell

प्राधिकरणले जोखिम देखिएका स्थानमा सवारी आवागमन बन्द गर्ने निर्णयको उल्लंघन गर्ने चालक तथा सवारी धनीमाथि कारबाही गर्न पनि निर्देशन दिएको जनाएको छ ।

हालै काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा पानीको सतह बढेपछि उत्पन्न जोखिमका बीच चेतावनी दिइँदा पनि पाँच वटा सवारी अगाडि बढ्दा यात्रुहरू बाढीमा फस्ने अवस्था सिर्जना भएको थियो । उक्त घटनामा फसेका ८९ जना यात्रुको सुरक्षित उद्धार गरिएको थियो ।

यस्ता घटनाले यात्रु सुरक्षामा गम्भीर चुनौती देखिएको भन्दै प्राधिकरणले स्थानीय अवस्था र सडक जोखिमको मूल्याङ्कन गरी आवश्यक परे सवारी आवागमन बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

साथै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान तथा त्यसका आधारमा दिइने पूर्वसूचना र पूर्वचेतावनीको पालना गर्न प्राधिकरणले सबै सरोकारवालालाई अनुरोध गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर