२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुने

Nada
२०८३ वैशाख २२ गते १८:१७
Shares
विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुने

काठमाडौं : सरकारले विश्वविद्यालयमा पदाधिकारी नियक्ति गर्न सिफारिस समिति गठन गर्ने तयारी गरेको छ ।

ncell

अध्यादेशमार्फत पदाधिकारी पदमुक्त भएपछि सरकारले नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीका अनुसार प्रधानमन्त्री एवं कुलपति बालेन शाहले सिफारिस समिति गठन गर्ने तयारी गरेका छन् ।

सबै विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा तीन सदस्ययी सिफारिस समिति गठन गर्न लागिएको छ ।  सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहने छन् ।

लामो समय पदाधिकारी विहीन हुँदा विश्वविद्यालयको काम कारबाहीमा असर पर्ने भएकाले छिटै पदाधिकारी नियुक्त गर्ने योजना सरकारको छ । समितिले खुला आह्वान गरेर उपकुलपति छनोट गर्ने तयारी गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर