२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक सानेपामा जारी

Nada
२०८३ वैशाख २२ गते १८:२१
Shares
कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक सानेपामा जारी

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

ncell

पार्टीले संसदीय दलसम्बन्धी विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा २१ अनुसार उक्त बोर्ड गठन गरेको हो । सोही संरचनाअनुसार पहिलो बैठक सञ्चालन भइरहेको जनाइएको छ ।

बैठकमा सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल सहभागी छन् । यसैगरी संसदीय दलका नेता भीष्मराज आङ्देम्बे तथा प्रमुख सचेतक बासना थापा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको छ ।

बैठकमा संसदीय गतिविधि समन्वय, दलभित्रको कार्यसञ्चालन तथा आगामी रणनीतिबारे छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर