२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

शिवपुरी क्षेत्रमा गाडिएको अवस्थामा महिलाको शव फेला

Nada
२०८३ वैशाख २२ गते १८:२३
Shares
शिवपुरी क्षेत्रमा गाडिएको अवस्थामा महिलाको शव फेला

काठमाडौँ : टोखा नगरपालिका–१ अन्तर्गत शिवपुरी राष्ट्रिय निकुञ्ज भित्रको जंगल क्षेत्रमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ ।

ncell

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत वैशाख ११ गतेदेखि सम्पर्कविहीन भएकी तारकेश्वर नगरपालिका-३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारीको हत्या भएको पुष्टि भएको छ ।

उनी सो दिन बजार जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । साँझसम्म घर नफर्केपछि परिवारले भोलिपल्ट प्रहरीमा जानकारी गराएको थियो ।

घटनापछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । अनुसन्धानका क्रममा तिवारीसँग सम्पर्कमा रहेका एक व्यक्तिमाथि शंका लागेपछि प्रहरीले टोखा नगरपालिका-२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर