एजेन्सी : ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दुई चिनियाँ क्षेप्यात्रस् चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको हो ।
ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ । क्षेप्यास्त्र परीक्षणवारे विस्तृत विवरण आउन बाँकी छ ।
अमेरिकी सभामुख नेन्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य गतिविधि बढाएको छ ।
चीनले आजदेखि पाँचदिनसम्म सैन्य अभ्यास जारी रहने बताएको छ । अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको सैन्य अभ्यासलाई जी सेभेन मुलुकहरुले विरोध गरेका छन् भने आसियन मुलुकले भने समर्थन गरेका छन् ।
अमेरिकी सभामुख पेलोसीले मंगलबार र बुधबार ताइवान भ्रमण गरेकी थिइन् । भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies