
काठमाडौँ : पूर्वमन्त्री सुदन किराँती र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच समसामयिक राजनीतिक अवस्था र राष्ट्रिय सरोकारका विषयमा साझा रूपमा अघि बढ्ने सम्भावनाबारे छलफल भएको छ ।
काठमाडौँको चाबहिल क्षेत्रमा भएको उक्त भेटवार्तामा जनजीवनसँग सम्बन्धित समस्याहरू समाधानका लागि समन्वयात्मक ढंगले काम गर्ने विषयमा विचार आदानप्रदान गरिएको स्रोतले जनाएको छ ।
हाल विभिन्न सार्वजनिक व्यक्तित्वहरूबीच सहकार्यको चर्चा चलिरहेका सन्दर्भमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
विशेष गरी स्थानीय तहका जनप्रतिनिधिसँग समेत सहकार्य विस्तार गर्ने सम्भावनाबारे भइरहेको बहसबीच उक्त संवादलाई महत्त्वपूर्ण रूपमा लिइएको छ ।