२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

उपत्यकामा सवारी साधनको स्थलगत प्रदूषण परीक्षण

Nada
२०८३ वैशाख २३ गते १३:५१
Shares
उपत्यकामा सवारी साधनको स्थलगत प्रदूषण परीक्षण

काठमाडौं : वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनको प्रदूषण स्तर मापनका लागि स्थलगत जाँच अभियान सुरु गरेको छ । 

ncell

विभागले बुधबार काठमाडौंको बबरमहलमा विशेष टोली खटाएर सार्वजनिक सवारीसाधनहरूको प्रदूषण परीक्षण गरेको हो । काठमाडौं महानगरपालिकाको संयोजन तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, वातावरण विभाग र महानगर प्रहरी बलको संयुक्त सहकार्यमा यो जाँच प्रक्रिया अघि बढाइएको हो ।

स्थलगत जाँचका क्रममा सवारीसाधनबाट उत्सर्जन हुने धुवाँको अवस्थाका अतिरिक्त ट्राफिक प्रहरीले सवारीको यान्त्रिक अवस्था र आवश्यक कागजातहरूको समेत सूक्ष्म निरीक्षण गरिरहेको विभागले जनाएको छ ।

विद्यमान कानुनी व्यवस्थाअनुसार सार्वजनिक सवारीसाधनले प्रत्येक ६–६ महिनामा र साना तथा मझौला सवारीसाधनले वर्षमा एक पटक यातायात कार्यालयमा अनिवार्य प्राविधिक जाँच गराउनुपर्ने प्रावधान छ ।

परीक्षणका क्रममा प्रदूषण मापदण्ड पूरा गर्न नसकेका सवारीसाधनलाई तत्काल मर्मत गरी पुनः परीक्षणका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । प्रदूषण परीक्षणमा असफल भएका सवारीसाधनको रुट इजाजत मापदण्ड उत्तिर्ण नहुन्जेलसम्मका लागि निलम्बन गरिने प्रावधान रहेको छ । त्यस्ता सवारीसाधनले आफूसँग रहेका यात्रुहरूलाई अन्तिम गन्तव्यसम्म पु¥याएपछि पुनः सडकमा गुडाउन पाउने छैनन् ।

सवारी धनीले आवश्यक मर्मतसम्भारपश्चात पुनः प्रदूषण जाँच गराएर मापदण्ड पूरा गरेको सुनिश्चित भएपछि मात्र सवारीसाधन सञ्चालनको अनुमति पाउने विभागले जनाएको छ । वातावरण संरक्षण र सहरी प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर