काठमाडौंः दुबईबाट काठमाडौं आएका दुई जना चारवटा औंठीसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङका विवेक तिम्सिना र काठमाडौं दक्षिणकालीका साजन श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका उनीहरुले ८०÷८० ग्राम सुनको औंठी ल्याएका थिए ।
विमानस्थल प्रहरीले घटनाबारे जानकारी दिन जारी गरेको प्रेस विज्ञप्तिमा दुई जनाको गतिविधि ‘शंकास्पद’ देखिएकाले आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।
उनीहरुले अवैधरुपमा लुकाइ छिपाइ भन्सार छलेर औंठी लान लागेको भन्दै प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies