
काठमाडौँ : विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिका लागि आवश्यक सिफारिस प्रक्रिया अघि बढाउन तीन सदस्यीय समिति गठन गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को निर्णय अनुसार शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित उक्त समितिमा शिक्षा सचिव तथा राष्ट्रिय योजना आयोगमा शिक्षा क्षेत्र हेर्ने सदस्य समावेश छन् ।
सरकारले विश्वविद्यालयका पदाधिकारीहरू खुला प्रतिस्पर्धामार्फत चयन गर्ने नीति अघि सारेको छ । यसअन्तर्गत योग्य उम्मेदवार छनोट गर्न थप प्राविधिक मूल्यांकनका लागि विज्ञ समूह गठन गर्ने तयारी समेत गरिएको छ ।
उक्त विज्ञ समूहले योग्य उम्मेदवारहरूको सूची तयार गरी सिफारिस समितिसमक्ष पेश गर्नेछ। त्यसपछि मेरिटका आधारमा अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने जनाइएको छ ।
यसैबीच, नयाँ नियुक्ति प्रक्रिया पूरा नहुँदासम्मका लागि सम्बन्धित विश्वविद्यालयहरूमा निमित्त उपकुलपति तोक्ने तयारी पनि सरकारले गरेको छ ।