२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कृषि समितिद्वारा कार्यविधि मस्यौदा अध्ययनका लागि सात सदस्यीय उपसमिति गठन

Nada
२०८३ वैशाख २३ गते १८:५६
Shares
कृषि समितिद्वारा कार्यविधि मस्यौदा अध्ययनका लागि सात सदस्यीय उपसमिति गठन

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले समितिको आन्तरिक कार्यविधिलाई अन्तिम रूप दिन सात सदस्यीय उपसमिति गठन गरेको छ । 

ncell

बैठकले दलगत प्रतिनिधित्व हुनेगरी उक्त उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिको कामकारबाहीलाई थप व्यवस्थित र मर्यादित बनाउनका लागि ‘आन्तरिक कार्यविधि २०८०’ को मस्यौदा अध्ययन गर्न यो उपसमिति बनाइएको हो ।

उपसमितिमा एक जना संयोजक र ६ जना सदस्य रहने व्यवस्था गरिएको छ । समितिका सभापति अशोक चौधरीले दलगत आधारमा सदस्यहरूको नाम उपलब्ध गराउन आह्वान गरे । 

बैठकलाई सम्बोधन गर्दै सभापति चौधरीले आगामी दिनमा मन्त्रालयगत छलफललाई थप सघन र परिणाममुखी बनाइने बताए । 

समितिको अर्को बैठक वैशाख २५ गते दिउँसो १ बजे बस्नेगरी तय गरिएको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकलाई प्रभावकारी बनाउन मन्त्रीसँगको छलफल अगावै समितिका सदस्यहरूबीच आन्तरिक तयारी गर्ने नयाँ अभ्यास सुरु गरिने सभापति चौधरीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर