
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका-७ स्थित आधारभूत विद्यालय उचिडिहको नवनिर्मित भवनको बुधबार उद्घाटन भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४३ लाखको लागतमा दुई तल्लो आठ कोठे नवनिर्मित सुविधा सम्पन्न भवनको उद्घाटन भएको हो ।
भवन निर्माण समितिका अध्यक्ष विन्देश्वरी महतोको अध्यक्षता सम्पन्न कार्यक्रममा देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह र उपमेयर प्रनिया देवी पटेलले संयुक्त रूपमा नवनिर्मित विद्यालय भवन उद्घाटन गरेको जग्गा दाता एवं प्रधानाध्यापक मुक्तिप्रसाद कुशवाहाले बताए ।
सो अवसरमा मेयर प्रेमलाल साहले विद्यालयमा शिक्षक अभाव रहेकाले छिटोभन्दा छिटो व्यवस्थापन गरिने र आफूबाट हुने सहयोग गर्ने बताए ।
कार्यक्रममा वडाध्यक्ष उपेन्द्र साह, विष्णु दास, कार्यपालिका सदस्य शिक्षा शाखा प्रमुख राजदेव राम, बिधालय ब्यवस्थापन समितिको अध्यक्ष बिरवल कुशवाहा, पालिकाभित्रको प्रधानाध्यापकहरू स्थानीय जनप्रतिनिधिहरू, अभिभावकहरू, सञ्चारकर्मी, विद्यार्थीहरूको उपस्थिति रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बिरवल कुशवाहाले जानकारी दिए । विद्यालयले बुधबारदेखि नै कक्षा ९ सम्म सञ्चालनको अनुमति प्राप्त गरेको छ ।