काठमाडौं : नोकियाले फिनल्याण्डको दूतवाससँगको सहकार्यमा ‘नोकिया नेपाल इनोभेसन डे २०२२’ को आयोजना गरेको छ । नोकियाले शुक्रवार होटल मेरियटमा ‘नोकिया नेपाल इनोभेसन डे २०२२’ को आयोजना गरेको हो ।
२०१७ मा नोकियाले नेपालमा आफ्नो उपस्थिति गरेको थियो भने हाल १० लाखभन्दा बढी नेपाली घरहरुसम्म ग्राहक बनाउन सफल भएको छ । अब नेपालमा ५ जी युगको लागि तयार पार्ने र डिजिटल क्रान्तिको हिस्सा बनाउने लक्ष्य रहेको नोकियाले जनाएको छ । नोकियाले उच्च गुणस्तरीय सेवा, किफायती मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड होभनेसाथ साथै हरेक कुनामा पुगि समाजको सेवाविहीन र असीम वर्गहरुलाई सशक्तिकरण गराउने जनाएको छ ।
नेपाल इनोभेसन डे कार्यक्रममा नोकियाले आवश्यकतालाई सम्बोधन गर्न र अभूतपूर्व स्तरमा मानिसहरु, व्यवसाय र मेसिनरीहरुलाई निर्बाध रुपमा जडान गर्न, नयाँसेवाहरु विकास गर्न र राजस्व चलाउने तरिकाहरु अन्वेषण गर्न विषय विशेषज्ञहरुलाई निम्त्याएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies