२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल तानिने

Nada
२०८३ वैशाख २४ गते १५:२०
Shares
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल तानिने

काठमाडौँ : वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ प्रस्थान गर्ने भएको छ ।

ncell

ज्योतिषी महेश मंगल जोशीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय भएको जानकारी दिएका हुन् ।

हाल ललितपुरको लगनखेलस्थित थटिटोलमा रहेको रथलाई सोही दिनको साइतमा जावलाखेल पुर्‍याइनेछ । परम्परागत विधिअनुसार ज्योतिषी जोशीले साइत हेरेर मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गरेका हुन् ।

जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर