काठमाडौं : वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी प्रलोभन दिई ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ४७ वर्षीया छरिङ डोमा शेर्पालाई पक्राउ गरिएको बताए ।
शेर्पाले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा पठाइदिने र उतै स्थायी बसोबास ‘सेटल’को व्यवस्थापन गरिदिने भन्दै पीडितलाई १४ लाख लाग्ने र मासिक दुई लाखभन्दा बढी तलब पाउने राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि जाहेरीका आधारमा उनलाई पक्राउ गरेकोे प्रहरीले बताएको छ ।
पक्राउ परेका शेर्पामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies