२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

वरिष्ठता मिचेर मनोज शर्मालाई सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस

Nada
२०८३ वैशाख २४ गते १९:०३
Shares
वरिष्ठता मिचेर मनोज शर्मालाई सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ  : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबारको बैठकले प्रधानन्यायाधीशमा डा. शर्मालाई सिफारिस गरेको हो ।

ncell

रोलक्रमको चौथो क्रममा रहेका उनी प्रधानन्यायाधीशमा सिफारिस भएका हुन्  ।

६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो ।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अवकाश भएपछि सर्वोच्च अदालत कायममुकायको भरमा चलिरहेको थियो । वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले कामुको रुपमा न्यायलयको नेतृत्व गरिरहेकी थिइन् । 

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्मा नेपालको ३३औं प्रधानन्यायाधीश बन्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर