काठमाडौं : मलेसियाको भ्रष्टाचार विरोधी आयोग (एमएसीसी)ले विदेशी कामदार भर्ना प्रक्रियामा घुस लिएको आरोपमा दश जनालाई पक्राउ गरेको छ । शुरूमा घुस लिएको अभियोगमा पक्राउ परेका ८ जनाका बारेमा सोधपुछका लागि अनुसन्धानको घेरामा परेका थप २ जना पनि पक्राउ परेका हुन् ।
एमएसीसीले आईटी कम्पनीको लागि आवश्यक विदेशी कामदारको भिसा प्रक्रियामा एक मिलियन मलेसियन रिँगेट भन्दा बढी घुस लिएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । एमएसीसीले कुन देशबाट लैजान लागिएका कामदारको लागि उक्त घुस रकम प्रयोग भएकोे हो भन्ने खुलाएको छैन । पक्राउ परेका दश जनामा एक आईटी कम्पनीका सीईओ पनि रहेका छन् ।
कोरोना भाइरस संक्रमणका कारणले करिब दुई वर्ष विदेशी कामदार ल्याउन रोकेको मलेसियाले गत जनवरीदेखि प्लान्टेशन र फेब्रुअरीदेखि अन्य क्षेत्रमा विदेशी कामदारको नयाँ भर्ना गर्न शुरूवात गरेकोे हो । मलेसियाले नेपालसहित १५ श्रोत मुलुकबाट विदेशी कामदार लैजाने गरेको छ ।
मलेसियाको मानव संसाधन र गृह मन्त्रालयले १५ स्रोत मुलुकका उत्पादन, निर्माण र सेवा उद्योगहरूमा काम गर्न खुला गरेपछि डिमाण्ड हत्याउन विचौलियाहरू सक्रिय रहेकोे बताइएको छ । विशेष गरी नेपाली कामदार कार्यरत सेक्युरिटी गार्डको क्षेत्रमा कामदार जाने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies