सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : लामो समयदेखि फरार रहेका ज्यान मुद्दाका एक जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले राजपुर नगरपालिका वडा नं १ पिपरा टोलबाट ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादी ३० वर्षीय वावुजान मियाँ कवारी भन्ने मोहम्मद मैरोदिनलाई पक्राउ गरेको हो ।
बिहीबार पक्राउ परेका मियाँलाई रौतहट जिल्ला अदालत पेश गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले मध्यान्हलाई जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies