२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

माइतीघरमा सुकुम्वासीको नारा- ‘हुनुपर्छ चमेली सबैलाई बराबर’

Nada
२०८३ वैशाख २५ गते १३:१६
Shares
माइतीघरमा सुकुम्वासीको नारा- ‘हुनुपर्छ चमेली सबैलाई बराबर’

काठमाडौं : काठमाडौंको माइतीघर मण्डलामा काठमाडौं उपत्यकामा रहेका सुकुम्वासीहरूले आफ्नो हक र अधिकारको माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका र सरकारको डोजर आतंकको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

ncell

उनीहरूले हातमा रित्ता थाल र चम्चा बोकेर आफूहरूलाई भोकमरी र उठिबासको डर रहेको संकेत गरेका छन् । सुकुम्वासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई घरबारविहीन बनाउने कार्यको भर्त्सना गर्दै उनीहरूले अधिकारको रक्षाको माग गरेका छन् ।

उनीहरुले 'हुनुपर्छ चमेली सबैलाई बराबर', 'समाजवादको नारा डोजरको साहारा', 'विकासको नाममा विस्थापन बन्द गर', 'हिसाव सिक्दैछु ताकि हरेक अन्यायको हिसाव राख्न सकुँ', 'सुकुम्वासीको रगतले रंगिएको हात कहाँ गएर धुन्छौ ?' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

विकासको नाममा सुकुम्वासीहरूलाई कुनै विकल्प नदिई बलपूर्वक हटाउनु मानवीय संवेदनाविरुद्ध भएको उनीहरूको तर्क थियो ।

ताजा खबर

सम्बन्धित खबर