२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सार्वजनिक जग्गा खाली गराउन जारी सूचनाविरुद्ध धनुषामा सुकुम्वासीको विरोध प्रदर्शन

Nada
२०८३ वैशाख २५ गते १६:३२
Shares
सार्वजनिक जग्गा खाली गराउन जारी सूचनाविरुद्ध धनुषामा सुकुम्वासीको विरोध प्रदर्शन

काठमाडौँ : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी स्वामित्वका जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीय सुकुम्वासी समुदायले विरोध प्रदर्शन गरेका छन् ।

ncell

नगरपालिकाले अव्यवस्थित रूपमा बसोबास गर्दै आएका बस्ती हटाउने तयारी स्वरूप सूचना सार्वजनिक गरेपछि त्यसको विरोधमा प्रभावित समूह सडकमा उत्रिएको हो ।

प्रदर्शनका क्रममा शुक्रबार बिहान धनुषाको महेन्द्रनगरस्थित औरही पुल क्षेत्रमा सुकुम्वासीहरूले जनकपुर-ढल्केवर सडक खण्ड अवरुद्ध गरेका थिए । सडक अवरोधका कारण केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भएको जनाइएको छ ।

स्थानीय प्रशासनले अवस्था सामान्य बनाउन पहल गरिरहेको जनाएको छ । सार्वजनिक जग्गा व्यवस्थापन र अव्यवस्थित बस्ती हटाउने विषयलाई लिएर स्थानीय तह र प्रभावित समुदायबीच विवाद बढ्दै गएको देखिएको छ । 

ताजा खबर

सम्बन्धित खबर