२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मौसम पूर्वानुमान र जलवायु विश्लेषण प्रणालीलाई आधुनिक बनाउन सरकार सक्रिय रहेको मन्त्री श्रेष्ठको दाबी 

Nada
२०८३ वैशाख २५ गते १७:२९
Shares
मौसम पूर्वानुमान र जलवायु विश्लेषण प्रणालीलाई आधुनिक बनाउन सरकार सक्रिय रहेको मन्त्री श्रेष्ठको दाबी 

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम पूर्वानुमान तथा जलवायु विश्लेषण सेवालाई वैज्ञानिक दृष्टिले अझ परिष्कृत बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताएका छन् ।

ncell

ललितपुरमा शुक्रबार जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित मनसुन फोरम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मौसम सम्बन्धी सेवा प्रणालीको गुणस्तर अभिवृद्धिका लागि राष्ट्रिय अवलोकन केन्द्र सञ्जाल विस्तार, दिगो व्यवस्थापन तथा प्रविधि आधुनिकीकरण आवश्यक रहेको बताए ।

उनका अनुसार मौसम पूर्वानुमानलाई स्थान विशेषमा थप सटीक बनाउन अनुसन्धान तथा नवप्रविधि प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेछ । साथै उपलब्ध तथ्यांकलाई सबै नागरिकसम्म सहज पहुँचमा पुर्‍याउन सञ्चार माध्यमहरूको प्रभावकारी उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री श्रेष्ठले पूर्वसूचना प्रणालीलाई विपद् व्यवस्थापन मात्र नभई पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जलस्रोत व्यवस्थापनजस्ता विकास क्षेत्रसँग समेत जोडेर विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले जल तथा मौसम विज्ञान विभागको क्षमता विस्तारका लागि अवलोकन केन्द्रहरूको सञ्जाल सुदृढीकरण, प्रविधिमा लगानी वृद्धि तथा दिगो सञ्चालन प्रणाली विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

पूर्वसूचना प्रणालीलाई आधुनिक प्रविधिसँग एकीकृत गर्दै सर्वसाधारणको पहुँचमा पुर्‍याउन आवश्यक वित्तीय व्यवस्थापन गरिने पनि उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर