२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रूसको एयर नेभिगेसनको प्रशासनिक भवनमा युक्रेनी आक्रमण, १३ वटा एयरपोर्टहरु अवरुद्ध

Nada
२०८३ वैशाख २५ गते १७:५६
Shares
रूसको एयर नेभिगेसनको प्रशासनिक भवनमा युक्रेनी आक्रमण, १३ वटा एयरपोर्टहरु अवरुद्ध


काठमाडौंः दक्षिणी रूसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरे पछि रूसका १३ वटा एयरपोर्टहरू सञ्चालनमा अवरुद्ध भएको रूसी यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।

ncell

दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ–अन–डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेसन तथा आक्रमण पछि सञ्चालनमा अस्थायी रूपमा अवरुद्ध भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

घटनाको समयमा उक्त भवनमा रहेका सबै कर्मचारीहरू सुरक्षित रहेको र विशेषज्ञहरूले उपकरणको परिचालन स्थितिको अवलोकन गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालय र सङ्घीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर