एजेन्सी : युक्रेनको जापोरिजझिया आणविक शक्ति केन्द्रका केही भागमा भएको आक्रमणका कारण ‘गम्भीर रूपमा क्षति’ पुगेको छ ।
आक्रमणका कारण उक्त आणविक केन्द्रको एक ‘रिएक्टर’लाई बन्द गर्नुपरेको युक्रेनी आणविक केन्द्रले जनाएको छ ।
आक्रमणले नाइट्रोजन, अक्सिजन र ‘सहायक भवन’ भएको स्टेशनलाई ‘गम्भीररूपमा क्षतिग्रस्त’ बनाएको हो ।
आक्रमणले विद्युत केबुललाई क्षति पुर्याएको छ भने यसका कारण एउटा रिएक्टरको सेवा बन्द गर्नुपरेको छ ।
घटनास्थलमा ‘अझै पनि हाइड्रोजन र रेडियोएक्टिभ’ पदार्थ चुहिने खतरा रहेको र आगोको जोखिम पनि उच्च रहेको आणविक केन्द्रले जनाएको छ । जापोरिजझिया यूरोपको सबैभन्दा ठूलो परमाणु शक्ति परिसर मानिन्छ ।
आक्रमणको लागि किभ र मस्कोले एकअर्कालाई दोषारोपण गरेका गरेका छन् । रूसी सेनाले परमाणु केन्द्र कब्जा गरेर हतियार भण्डारण गरेको युक्रेनको आरोप छ ।
मस्कोले भने युक्रेनी सेनालाई नै उक्त आणविक केन्द्रमाथि आक्रमण गरेको आरोप लगाएको छ ।
आक्रमण युरोपेली संघले पनि निन्दा गरेको छ । आणविक सुरक्षा नियमहरूको गम्भीर तथा गैरजिम्मेवारपूर्ण उल्लंघन र अन्तर्राष्ट्रिय मापदण्डप्रति रूसले बेवास्ता गरेको ईयुको आरोप छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies