२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भूमिकाबाट विमुख हुने संकेत गर्दैछन्

Nada
२०८३ वैशाख २६ गते १३:२७
Shares
रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भूमिकाबाट विमुख हुने संकेत गर्दैछन्

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदहरुको उपस्थिति न्यून देखिएको छ । रास्वपाले शनिवार राखेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा सांसदहरु कम उपस्थित भएका हुन् । रास्वपाका १ सय ८२ जना सांसद छन् तर प्रशिक्षण कार्यक्रममा सांसदहरु कम उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजानिक रुपमा नै असन्तुष्टी जनाएका हुन् । 

ncell

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सांसदहरुले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताए । उनले प्रशिक्षणमा अपेक्षित उपस्थिति नदेखिएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई प्राथमिकतामा नराख्नु संसदीय भूमिकाबाट विमुख हुने संकेत भएको बताए । उनले पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको बताए । 

तर यस्ता कार्यक्रममा सबै सांसद उपस्थित नहुनु गम्भिर विषय रहेको उनको भनाइ छ । पराजुलीले यसको पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिए । जनताले केवल नयाँ अनुहार नभई नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकोले सांसदहरूले अध्ययन, तयारी, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको उनले बताए । अब राजनीति केवल नाराले मात्रै नचल्ने भन्दै उनले क्षमता, अध्ययन र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड दिए । उनले जनताले अब ‘कसले के भन्यो’ भन्दा ‘कसले के गर्‍यो’ भन्ने आधारमा मूल्यांकन गर्न थालेको उल्लेख गरे ।  

ताजा खबर

सम्बन्धित खबर