
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुका लागि आयोजना गरेको संसदीय अभ्यास तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण सुरु भएको छ ।
शनिवार ललितपुरमा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रशिक्षण कार्यक्रममा सांसदहरुलाई संसदीय समितिमा हुने छलफल, संसदमा राख्ने प्रस्तुती, संसदीय मर्यादा, जिम्मेवारी, दायित्व तथा विषयगत छलफलसम्बन्धी प्रशिक्षण दिइने जनाइएको छ ।
सांसदहरुको क्षमता विकास गर्ने, आत्ममूल्यांकन गर्ने, सिक्ने, अनुभव आदान–प्रदान गर्ने र भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसरका लागी प्रशिक्षण कार्यक्रम राखिएको रास्वपाले जनाएको छ । शनिवारदेखी सुरु भएको प्रशिक्षण आइतवारसम्म चल्नेछ । आइतवार पार्टी सभापति रवि लामिछानेले प्रशिक्षणको समापन गर्नेछन् । प्रशिक्षण कार्यक्रममा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र साह, सभापति लामीछाने भने सहभागी छैनन् ।