काठमाडौं : मलेसियाले आगामी अगष्ट १५ देखि ३१ तारिख अर्थात साउन ३० गतेदेखि भदौ १५ गतेसम्म नेपालीसहित विदेशी कामदारको भर्ना प्रक्रिया स्थगन गर्ने बताएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले मलेसियाको श्रम कानूनमा गरिएको संशोधन कार्यान्वयन गर्न उक्त अवधिका लागि विदेशी श्रमिकका लागि आवेदन नलिने बताएको छ ।
मलेसियाको सरकारी सञ्चारमाध्यम बेर्नामाका अनुसार अगष्ट १४ सम्ममा दिइएका आवेदनहरु अगष्ट महिनाको ३१ तारेखभित्रमा एप्रुभल प्रक्रिया सक्ने र सेप्टेम्बर पहिलो तारेखदेखि नयाँ कानून अनुसारको विदेशी कामदार प्रक्रिया शुरूवात गरिने छ ।
मलेसियाले सेप्टेम्बर पहिलो तारेखदेखि गत अप्रिलमा संशोधन गरिएको रोजगार कानून २०२२ लागू हुने र त्यसले विदेशी कामदार भर्ना गर्दा नयाँ प्रक्रिया अवलम्बन गर्ने समाचारमा उल्लेख छ ।
नयाँ कानूनमा सुत्केरी बिदा ६० दिनबाट बढाएर ९८ दिन पुर्याइएको छ । गर्भवती कामदारलाई राजगारीबाट हटाउन प्रतिबन्ध लगाइएको छ भने महिला कामदार सुत्केरी भएको अवस्थामा पुरूष कामदारलाई पनि निश्चित अवधिका लागि तलबसहितको बिदा दिने जस्ता प्रावधान रहेका छन् ।
मलेसियाले आप्रवासी कामदारका सम्बन्धमा प्रयोग गरिरहेको फरेन वर्कर सेन्ट्रलाईज्ड म्यानेजमेन्ट सिष्टम (एफडब्लुसीएमएस) प्रणालीमा समस्या देखिएका कारणले विदेशी कामदारको भिसा प्रक्रियामा ढिलाइ भइरहेको छ । यस्तो अवस्थामा नयाँ कानून कार्यान्वयन गर्ने तयारीले मलेसियाको भिसा प्रक्रियामा थप ढिलाइ हुने कतिपयको चिन्ता छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies