२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

खोटाङ हलेसी सेवा समाजद्वारा रक्तदान तथा निःशुल्क आँखा शिविर सम्पन्न

Nada
२०८३ वैशाख २६ गते २०:३०
Shares
खोटाङ हलेसी सेवा समाजद्वारा रक्तदान तथा निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं : खोटाङ  हलेसी सेवा समाजले रक्तदान तथा निःशुल्क आँखा शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 

ncell

काँडाघारी काठमाडौंस्थित आर्किड स्कूलको प्रांगणमा शनिबार भएको सो कार्यक्रममा ५९ जना रक्तदाताहरुले रक्तदान गरेको समाजका महासचिव सुरेन्द्र कटुवालले जानकारी दिए । यस्तै सो कार्यक्रममा ३ सय ५३ जनाको आँखा परीक्षण गरी १ सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको महासचिव कटुवालवे जानकारी दिए ।

लायन्स क्लव अफ काठमाडौं न्यू ग्रीन सिटी समेतको आयोजना र कान्तिपुर अस्पताल रक्तसञ्चार सेवा तीनकुनेसँगको सहकार्यमा भएको सो कार्यक्रमका प्रमुख अतिथि नेत्ररोग विशेषण डा.छबिरमण दाहालले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । 

कार्यक्रम खोटाङ  हलेसी सेवा समाजकी अध्यक्ष इन्दा थापाको सभापतित्वमा भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर