२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

दुई बस एक आपसमा ठोक्किँदा १७ जना घाइते

Nada
२०८३ वैशाख २७ गते १२:०२
Shares
दुई बस एक आपसमा ठोक्किँदा १७ जना घाइते

काठमाडौँ : धनुषाको मिथिला नगरपालिका-९ स्थित फुटबल ग्राउण्ड नजिक पूर्व–पश्चिम लोक मार्गमा दुई बस एक आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् ।

ncell

आइतवार बिहान करिब ५:५० बजे काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५२३७ नम्बरको बसले ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिएको हो । ठक्करपछि बा.प्र.०१-००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो । 

दुर्घटनामा बसमा सवार करिब ३३ यात्रुमध्ये १७ जना घाइते भएका छन् । घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।  

घटनामा घाइते हुनेमा चालक मकवानपुर हेटौँडाका ४३ वर्षीय विष्णु विष्ट, भारत असमका बिराज शेख, सतन शेख, अफताब अन्सारी, सुनसरीका सुजन यादव, उदयपुरका अजय काफ्ले, काठमाडौँकी रिद्धी खड्की, सरन खड्की, धनुषाकी ललिता भुजेल, सर्लाहीका दिजेन्द्र न्यौपाने, सहचालक मुकेश साह, तेह्रथुमकी कविता भुजेल, धरानकी मेरी राई, झापाका न्युसन थापा, सुनसरीका राजकुमार उरौ, सिरहाका रतनदेव मण्डल तथा संतोषी उरौ रहेका छन् ।

प्रहरीका अनुसार प्र १-०१-००१ ख ४२२४ नम्बरको बसमा सामान्य क्षति पुगेपछि उक्त बस गन्तव्यतर्फ गएको छ । ५२३७ नम्बरको बसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर