२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सगरमाथा आरोहणका क्रममा लेक लाग्दा एक आरोहीको मृत्यु

Nada
२०८३ वैशाख २७ गते १३:४६
Shares
सगरमाथा आरोहणका क्रममा लेक लाग्दा एक आरोहीको मृत्यु

काठमाडौँ : सगरमाथा आरोहण अभियानमा सहभागी एक नेपाली आरोहीको उच्च हिमाली क्षेत्रमा लेक लागेपछि मृत्यु भएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोलुदुधकुण्ड नगरपालिका-७ का विजय घिमिरे विश्वकर्माको सगरमाथा आरोहणका क्रममा निधन भएको हो ।

प्रहरी निरीक्षक विकास राईका अनुसार घिमिरे सगरमाथाको क्याम्प-१ क्षेत्रमा पुगेका बेला आइतबार बिहान करिब ४ बजे अचानक अस्वस्थ भएका थिए । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई तत्काल बेस क्याम्पतर्फ ल्याउने प्रयास गरिएको थियो । तर फर्काउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रेक नेपाल कम्पनीमार्फत आरोहण अभियानमा संलग्न रहेका घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याडसम्म ल्याइएको छ । थप परीक्षणका लागि शव काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याउने तयारी भइरहेको जनाइएको छ ।

घिमिरे यसअघि पनि सगरमाथा आरोहण गरिसकेका अनुभवी आरोही हुन् । पछिल्लो समय उनी पर्वतारोहण मार्गदर्शकका रूपमा समेत कार्यरत रहेका थिए ।

ताजा खबर

सम्बन्धित खबर