२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

उपत्यकामा ९ महिनामा साढे चार हजार बढी दुर्घटना, १७४ जनाको मृत्यु

Nada
२०८३ वैशाख २७ गते १४:४८
Shares
उपत्यकामा ९ महिनामा साढे चार हजार बढी दुर्घटना, १७४ जनाको मृत्यु

काठमाडौँ : काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको पछिल्ला नौ महिनामा सवारी दुर्घटनाको संख्या उल्लेख्य देखिएको छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार यस अवधिमा कुल ४ हजार ६ सय ३१ दुर्घटना दर्ता भएका छन् ।

ncell

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका ती दुर्घटनामा १७४ जनाले ज्यान गुमाएका छन् । 

दुर्घटनाबाट १८६ जना गम्भीर घाइते भएका छन् भने ४ हजार ९ सय २७ जना सामान्य घाइते भएको विवरण सार्वजनिक गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी नवराज अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना १६ वर्षभन्दा कम उमेरका रहेका छन् । त्यसैगरी १६ देखि ३५ वर्ष उमेर समूहका ८६ जना तथा ३६ वर्षभन्दा माथिका ८१ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।

उपत्यकामा सवारी दुर्घटनाको यस्तो परिमाणले सडक सुरक्षा, चालक अनुशासन र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने आवश्यकता अझ स्पष्ट पारेको सम्बन्धित निकायको मूल्यांकन छ ।

ताजा खबर

सम्बन्धित खबर