
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरू ठुलो डिजाइन अन्तर्गत लागिपरेको बताएका छन् ।
२६औं निर्मल लामा स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । संयोजक दाहालले सो तथ्यलाई स्वीकार गरेर अघि बढने आँट नेपालको कम्युनिष्ट आन्दोलनले नगरे श्रमजीवि जनताप्रति ठुलो घात गरेको ठहर्ने पनि बताए ।
उनले नेपालका कम्युनिष्ट पार्टीहरूले आफैंभित्र पहिला समीक्षा गरेर सच्याउने र सिँगै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर फेरि नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको दाबी समेत गरे ।
संयोजक दाहालले नेपाली जनताले सबै कम्युनिष्ट पार्टीहरूलाई एकतावद्ध भएर अघि बढेको हेर्न चाहेको पनि बताए ।