२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

ढल्केबरमा सुकुम्वासीको प्रदर्शन

भूमि अधिकार र लालपुर्जाको माग

Nada
२०८३ वैशाख २७ गते १६:०५
Shares
ढल्केबरमा सुकुम्वासीको प्रदर्शन

काठमाडौँ : धनुषाको ढल्केबर क्षेत्रमा सुकुम्वासी समुदायले आफ्ना अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका छन् । उक्त प्रदर्शन राष्ट्रिय भूमि अधिकार मञ्च, धनुषा जिल्ला कार्यसमितिको अगुवाइमा आयोजना गरिएको हो ।

ncell

प्रदर्शनकारीहरूले “उठिवास बन्द गर”, “भूमि तथा आवास अधिकार सुनिश्चित गर” र “जीवन तथा जीविकाको अधिकार सुनिश्चित गर” जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै ढल्केबरस्थित पार्कमा कोणसभा गरेका थिए ।

कोणसभामा बोल्दै भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुम्वासी बस्तीमा डोजर चलाउने कार्य रोक्न सरकारसँग आग्रह गरे। उनले बसोबास गरिरहेको जग्गामै कानुनी स्वामित्व सुनिश्चित गर्दै लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राखे ।

त्यसैगरी, मिथिला नगरपालिका-३ स्थित दिनाभद्री सुकुम्वासी टोलका गोविन्द सदाले पनि बस्तीमा कुनै पनि प्रकारको डोजर नचलाउन आग्रह गर्दै स्थायी बसोबासका लागि लालपुर्जा उपलब्ध गराउन सम्बन्धित निकायसँग अनुरोध गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर