२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मधेश सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

Nada
२०८३ वैशाख २७ गते १७:४३
Shares
मधेश सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

काठमाडौँ : जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय चार दलले गरेका छन् ।

ncell

आइतबार बसेको सत्तारुढ दलहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई यथावत् कायम राख्ने सहमति गरेको हो । बैठकमा सरकारको स्थायित्वका लागि मुख्यमन्त्रीले छिट्टै प्रदेशसभाबाट विश्वासको मत लिने निर्णयसमेत गरिएको जनाएको छ ।

संयुक्त निर्णयमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी रहेका थिए । दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई निरन्तरता दिन आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् ।

यसअघि वैशाख २२ गते जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रदेश सरकारको भविष्यलाई लिएर राजनीतिक छलफल तीव्र बनेको थियो ।

ताजा खबर

सम्बन्धित खबर