२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

ज्येष्ठ नागरिकको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा ईश्वर पोखरेलको जोड

Nada
२०८३ वैशाख २७ गते १८:११
Shares
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा ईश्वर पोखरेलको जोड

काठमाडौँ : नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पुर्‍याउनु अहिलेको प्रमुख चुनौती भएको बताएका छन् ।

ncell

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले बदलिँदो सामाजिक परिवेशमा ज्येष्ठ नागरिकको भूमिका र सम्मानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनका अनुसार ज्येष्ठ नागरिकहरू समाजका महत्वपूर्ण सम्पत्ति तथा ज्ञानका स्रोत हुन् । वर्तमान सामाजिक परिवर्तनका कारण उनीहरूले भोग्नुपरेको अवस्था सुधार गर्नुपर्ने उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सामाजिक सुरक्षामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

पोखरेलले पुराना पुस्तासँग रहेको अनुभव, विचार र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । यस्ता कार्यक्रम संघीय सरकार, स्थानीय तह तथा विभिन्न सामाजिक संघ-संस्थासँगको सहकार्यमा अघि बढाइने उनले बताए ।

उनका अनुसार प्रतिष्ठानले ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमसँगै प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवर्द्धनमा पनि काम गर्नेछ । सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिने उनले स्पष्ट पारे ।

नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई प्रदेश तथा जिल्ला तहसम्म विस्तार गर्ने योजना रहेको जानकारी दिँदै लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको विचार तथा अनुभवलाई नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्य रहेको बताए ।
 

ताजा खबर

सम्बन्धित खबर